टोनी कक्करले काठमाण्डौका दर्शकलाइ नचाउने


सेलिब्रेटी नेपाल

काठमाडौँ:पछिल्लो समय नेपालमा भारतीय सेलिब्रेटी आउने क्रम बढ्दो छ । केहि समय अगाडी मात्र बलिउड एक्ट्रेस सनी लियोनी नेपाल आएकी थिइन् । यसैगरी भारतीय गायक टोनी कक्करलाई आउँदो अक्टुबर २५ मा क्लब फरेनहाइटमा प्रत्यक्ष सुन्न पाइने भएको छ । यस अगाडी आदित्य नारायण झा प्रस्तुत भईसकेको मंचमा यसपटक टोनीले आफ्नो गीतसंगीत मार्फत दर्शकलाई झुमाउँनेछन् ।

उनि गत सेप्टेम्बर मै आउने तय थियो तर अन्तिम समयमा प्राविधिक समस्याले गर्दा आउँन पाएनन् । उनि नेपाल न आउँन पाउँदा दुखि रहेको र छिटै नेपाल आउने सामाजिक सञ्जाल मार्फत जनाएका थिए । त्यसैले उनले आउँदो २५ तारिख आफ्ना हिट नम्बर मार्फत संगीत प्रेमीलाई नचाउने निधो गरेका हुन् । ‘कोका कोला तु, धिमे धिमे, मिले तो हम, ओ हमसफर’ लगायतका गीत गाएर दर्शकको मन जितेका टोनीलाई सी एन आई इभेन्ट्सको आयोजनामा प्रस्तुत गर्न लागिएको हो । टोनी आफैमा राम्रो कम्पोजर र लिरिसिस्ट पनि हुन् ।

उनले फिल्ममा गीतमा कम्पोज गर्नु र स्वर दिनुका साथै आफ्नै सिंगल ट्रयाकहरु पनि सार्वजनिक गरेका छन् , जसलाई दर्शक तथा श्रोताले रुचाएका छन् । पछिल्ला बर्षहरुमा भारतका चर्चित गायक–गायिकादेखि नायक–नायिका नेपाल आउने क्रम बढेको छ । टोनीले ‘भिजिट नेपाल २०२०’को अवसरमा हुन लागेको कार्यक्रममा सहभागी हुन आफ्ना शुभचिन्तकहरुलाई आग्रह गरेका छन् । कार्यक्रम बेलुकी ८ बजेबाट सुरु हुनेछ , जसमा प्रवेशको लागि प्रि टिकेट अन्तर्गत २५ सय र ३५ सय मुल्य रहेको छ । तर कार्यक्रमकै दिन गेटमा गएर किन्दा टिकेटको मुल्य ३५ सय र ५ हजार राखिएको छ । त्यसैले आयोजकले टिकेट अगाडी नै लिई आफ्नो स्थान सुरक्षित गर्न आग्रह गर्न कार्यक्रम संयोजक मध्यका एक निराजन गिरीले आग्रह गरे ।