‘यात्रा’ पछि सलिनमानको चलचित्र यात्रा किन रोकियो ?


सेलिब्रेटी नेपाल

काठमाडौँ: युवा पुस्तामा राम्रो क्रेज भएका अभिनेता हुन् सलिनमान बनिया। उनका युवती फलोवर्स थुप्रै छन्। पहिलो चलचित्र ‘ए मेरो हजुर २’ ले सफलता पाएपछि सलिनमान बनियाको डिमान्ड हवात्तै बढ्यो। चकलेटी अनुहार, सुकिलो–मुकिलो जिउडाल आकर्षक ड्रेसअप, भिन्न हेयरस्टाइल जसलाई दर्शकले अत्याधिक रुचाए। सलिनमानले एउटै चलचित्रबाट दर्शकमाझ लोभलाग्दो क्रेज बनाए। त्यसैले पनि निर्माता निर्देशकको नजर उनितिर पर्यो। तर, सलिनमानले लामो समय कुनै पनि चलचित्र गरेनन्।

सलिनमानले दोस्रो चलचित्र ‘यात्रा’मा काम गरे। गतवर्षको चैतमा प्रदर्शनमा आएको चलचित्रले औसत व्यापार गर्यो। त्यसयता उनी अन्य कुनै चलचित्रमा अनुबन्धित छैनन्। अहिले पनि उनलाई चलचित्रमा खेलाउन निर्माता/निर्देशकहरु लागिपरेका छन्। तर, सलिनमान चलचित्र खेल्न राजी देखिएका छैनन्। आशालाग्दो अभिनेताका रुपमा उदाएका सलिनमानको नयाँ चलचित्र कुन? अहिले चलचित्र क्षेत्रमा चासो छ। दर्शकलाइ उनको चलचित्रको पर्खाई छ ।