मिस एयर होस्टेज-२०१३ को ताज प्रियंता मोक्तानलाई


(सेलेब्रिटी नेपाल) ११ चैत्र-यस बर्षको नमस्ते एयर मिस एयर होस्टेज-२०१३ को ताज प्रियंता मोक्तानले पहिरीन सफल भएकी छन्। शनिबार काठमाडौको जमलस्थित राष्ट्रीय नाचघरमा सम्पन्न अन्तिम प्रतिस्प्रधामा मोक्तानले वेष्ट स्माइल सहित सो उपाधी हात पारेकी हुन्। मोक्तानलाइ मिस इ-कलेज २०१२ की विजेता गृष्मा वस्नेतले ताज पहिर्याइन्। फस्ट रनरपको उपाधि मोरङ्गकी एलीना लिम्बुले हासिल गरेकी छन् भने सेकेण्ड रनर वानेश्वरकी प्रियंका खड्काको पोल्टामा पर्यो। प्रियंकाले प्रतियोगीतामा मिस फोटोजेनीकको टाइटल पनि हात पारीन्।  प्रतियोगीताका तिनै बिजेताले उपाधि संगै स्नातकमा एक वर्षका अध्यायन गर्न साउथ वेस्टर्न स्टेट कलेज वसुन्धरामा छात्राबृति समेत पाएका छन्। मिस एयरहोस्टेजको अध्यन तथा प्रशिक्षण पुरा गरेका बसेका युवतीहरु बीच भएको प्रतिस्पर्धामा न्रिनायकले धेरै जसो हवाई उडान र उनीहरुको पेशा एबम  कार्य सम्बन्धि प्रश्न गरेका थिए।
प्रतियोगिताका निर्णायकमा नमस्ते  एयरका कार्यकारी प्रमुख राजु के सी , क्याप्टेन दधीराम निरौला, नेपाल एयरलाइन्सकी चिफ क्याविन क्रिउ माधुली मल्ल जोसी ,साउथ वइस्टन स्टेटकलेजका प्रिन्सीपल डा.राजेन्द्र केसी  ,नेपाल टेलीभीजनका महाप्रवन्धक लक्ष्मण हुमागाई, निर्देशक  जनकदिप पराजुली र लण्डन फेसन हाउसका निर्देशक मनिसा डंगोल श्रेष्ठ रहेका थिए। कार्यक्रममा आयोजक संस्था सिजन मिडियाका अध्यक्ष प्रदिप राज वन्तले विजेता र उपविजेतालाई नमस्ते एयरलाईन्समा एयर होस्टेजको नियुक्ति दिलाउने बताए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.