२० लाखको अक्षयकोष स्थापनार्थ ‘पर्वत संगीत साँझ’ सम्पन्न


सेलिब्रेटी नेपाल

काठमाडौं: पर्वत जिल्लाका कलाकारहरुको साझा संगठन ‘पर्वत कलाकार समाज नेपाल’ ले बिहीबार राजधानीमा भव्य रुपमा सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ । विजया दशमी-२०७६ को अवसरमा काठमाडौंको राष्ट्रिय सभागृहमा ‘पर्वत संगीत साँझ’ आयोजना गरिएको हो । ‘कलाकार समाजका आदर्श हुन’ भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै समाजले पहिलो पटक सांगीतिक कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा पर्वतका चर्चित कलाकारहरु बिमलराज क्षेत्री, कुलेन्द्र बिश्वकर्मा, कस्तुप पन्त, अमृत क्षेत्री, कृष्ण समीप सुवेदी, याम क्षेत्री, प्रल्हाद सुवेदी लगायत काठमाण्डौ तथा मोफसलमा रहेका पर्वते कलाकारहरुले प्रस्तुती दिएका थिए । भने, चर्चित लोक गायिकाहरु शर्मिला गुरुङ्ग र देवि घर्तीको पनि प्रस्तुती रहेको थियो ।

समाजका अध्यक्ष कस्तुप पन्तले कार्यक्रममा बोल्दै भने- ‘यो कार्यक्रमले पर्वतका कलाकारलाई संसारभर रहने नेपालीहरुमाझ परिचित गराउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएका छौं । साथै, यो कार्यक्रमले हामीबीच भाईचाराको भावना जगाउन पनि सफल भएको ठानेका छौं ।’ कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको समाजका महासचिव कृष्ण समिप सुवेदीले बताए ।

कलाकारहरु कलाकारितामा मात्र नभएर सामाजिक उत्तरदायित्वमा पनि अगाडि आउँछन् भन्ने भावना जागृत गराउन पर्वत कलाकार समाजको गठन गरेको समाजका बरिष्ठ उपाध्यक्ष कुलेन्द्र बिश्वकर्माले बताए । कार्यक्रमले भौगोलिक रुपमा समेत पर्वत जिल्लालाई चिनाउन मद्दत पुग्ने विश्वास उनले लिए । यस कार्यक्रमबाट २० लाख रुपैयाँको अक्षयकोष स्थापना गरिने समेत जनाइएको छ ।

‘अक्षयकोषको स्थापना गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना भएको हौं । अक्षयकोषको स्थापनार्थ थोरै भएपनि सहयोग यो कार्यक्रमले गर्नेछ । कसैलाई पनि दुःख पर्दा समस्या नहोस् भनेर अक्षयकोष स्थापना गर्न लागिएको हो’, समाजका कोषाध्यक्ष कुमार केसीले भने- ‘त्यो सँगै एकजुट भएका पर्वतेली कलाकारहरुमा यस कार्यक्रमले अझै सामित्यता बढाएको अनुभूति गरेका छौं ।’

पर्वत संगीत साँझमा स्वदेश तथा विदेशका नेपालीहरुहरुको उपस्थिति रहेको थियो । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना प्रमूख अतिथी रहेको कार्यक्रममा गैर आवसीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय सल्लाहकार गोविन्द सुवेदी, केन्द्रिय उपाध्यक्ष कुल आचार्य, अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरी, गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्साल लगायत उपस्थिति थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.