‘घामड शेरे’को पहिलो गीत सार्वजनिक,निश्चललाई मन पर्यो साली स्वस्तिमा (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: निश्चल बस्नेत र स्वस्तिमा खड्का स्टारर चलचित्र ‘घामड शेरे’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘साली मन पर्यो’ रोमान्टिक डान्सिङ नम्बरमा निश्चल बस्नेत र स्वस्तिमा खड्का फिचरिङ छन् । कालीप्रसाद बाँस्कोटाको शब्द, संगीत रहेको गीतमा प्रदीप लामा (द नेक्स्ट) को कोरियोग्राफी छ । गीतमा कालीप्रसाद र अश्मिता अधिकारीको स्वर छ । हेमराज बिसी निर्देशित चलचित्र कमेडी ड्रामा भएको बताईएको छ । चलचित्रमा निश्चल र स्वस्तिमाका अलावा शुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक र रोयको पनि अभिनय छ ।

नरेन्द्र विक्रम बुढा क्षेत्री कार्यकारी निर्माता रहेको चलचित्रमा नरेन्द्र मैनालीको डिओपी, सुरेन्द्र पौडेलको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत छ । चलचित्र दिपावलीको अवसर पारेर कार्तिक ८ बाट सार्बजनिक प्रदर्शन हुँदैछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.