‘बादशाह जुट’ को ट्रेलर सार्वजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: सुशील श्रेष्ठ र आमिर गौतम स्टारर चलचित्र ‘बादशाह जुट’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गरेर चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो । सार्बजनिक ट्रेलरमा कमेडी, एक्सन र प्रेमले स्थान पाएको छ । जोनी सिंह रानाले निर्देशन गरेको चलचित्रमा सुशीलले पत्रकार र आमिरले एक पुलिस अफिसरको भूमिका निर्वाह गरेका छन् । एक मिसनमा हिडेका दुवैले आफुलाई बादशाह मान्छन । चलचित्रमा यी दुइ संगै रोविन तामाङ, रोशी खड्का, केइशा रावत, रश्मि पाण्डे, दीपक क्षेत्री, कमलमणि नेपाललगायतका कलाकारको अभिनय छ । भने, प्रियंका कार्कीलाई अतिथि भूमिकामा देख्न सकिन्छ ।

अभिषेक शशी कुमारको लेखनमा निर्मित चलचित्रमा उत्तम हुमागाईंको छायाँकन, राजकुमार उप्रेतीको एक्सन, दिर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत छ । एच एण्ड बी फिल्मस् र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्टको व्यानरमा निर्मित चलचित्रमा हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिक्की)ले लगानी गरेका छन् । चलचित्र कार्तिक १५ गते बाट सार्बजनिक प्रदर्शनमा आउनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.