‘च च हुई’ दोश्रो गीत एलिसाको जवानीमा लठ्ठ आर्यन


सेलिब्रेटी नेपाल

काठमाडौँ:आर्यन सिग्देल र मिरुना मगर स्टारर चलचित्र ‘च च हुई’को दोस्रो गीत सार्वजनिक गरिएको छ । आइटम गीत ‘जवानी’ बोलको गीतमा चलचित्रका मुख्य कलाकार आर्यन सिग्देलको साथमा एलिसा शर्मालाई फिचर्ड गरिएको छ । आइतबार घटस्थापनाको अवसर पारेर इन्टरनेटमा रिलिज गरिएको हो ।रोशन थापाको संगीत तथा निर्देशक साम्तेन भुटिया र विनय सापकोटाको शब्द रचना रहेको गीतमा संगीतकार थापा र सुमन गुरुङको स्वर छ । शिशिर खातीको कोरियोग्राफी रहेको गीतको भिडियोको छायाँकन सुसन प्रजापतीले गरेका हुन् । एजिएल इन्टरटेनमेन्टको व्यानरमा निर्मित चलचित्रमा अमृत लामाकै लगानी छ ।

साम्तेन भुटिया निर्दे्शित चलचित्रमा आर्यनका अलवा मिरुना मगर, भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ल लगायतका कलाकारको अभिनय छ । सुशन प्रजापतिले खिचेको चलचित्रको सम्पादन समेत निर्देशक भुटियाले नै गरेका छन् । चलचित्र मङ्सिर ६ गतेबाट प्रदर्शनमा आउनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.