‘सरौतो’को स्याड भर्सन ‘केही आधा’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘सरौतो’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच चलचित्रमा समावेश ‘केही आधा’ बोलको गीत इन्टरनेटमा रिलिज गरिएको हो । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार सुमी मोक्तान र सन्नी सिंहलाई फिचर्ड गरिएको छ । स्याड भर्सनको गीतमा पुष्पन प्रधानको शब्द, संगीत तथा स्वर छ । भिजिट नेपाल २०२० लाई लक्षित गरि सात प्रदेशका १४ सुन्दर लोकेसनमा सार्वजनिक गीतको भिडियो छायाँकन गरिएको निर्माण टिमले बताएको छ । निर्देशक हरि हुँमागाईको कोरियोग्राफी रहेको गीतको भिडियो छायाँकन गर्न मात्रै १४ दिन लागेको निर्मात्री सिर्जना जोशीले बताइन् । चलचित्र कार्तिक २२ गतेबाट प्रदर्शनमा आउनेछ

‘सरौतो’मा सुमीको भरपुर एक्सन दृश्य देखाइएको छ । चलचित्रमा सुमीले साइलेन्स किलर गर्लको भूमिका निर्वाह गरेका छिन् । रिभेन्जको कथा भन्ने चलचित्रलाई हरि हुमागाईंले निर्देशन गरेका हुन् । यसअघि एक गीत र टिजर ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको भएता पनि आज सार्वजनिक गीत भने हाईलाइट नेपालको युट्युब च्यानलबाट रिलिज गरिएको छ ।

राघव कृष्ण गौतमको कथा, पटकथा र संवाद रहेको सिनेमामा विजय लामा, सन्नी सिंह, धिरेन शाक्य, युवराज लामा, आमिर गौतम, लेओ टंक, सम्पदा दाहाल, अरुणा कार्कीको अभिनय छ । विर्जना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रकी कार्यकारी निर्माता सिर्जना जोशी हुन् । शंकर महर्जनको द्धन्द्व निर्देशन, निमेश श्रेष्ठको सम्पादन रहेको चलचित्रलाई बिके फिल्मस् र एफ डि कम्पनीले प्रदर्शनको जिम्मेवारी सम्मालेका छन् ।