‘रातो टिका निधारमा’ प्रदर्शनमा


सेलिब्रेटी नेपाल

काठमाडौँ: फ्राइडे रिलिज अन्तर्गत आज बाट चलचित्र ‘रातो टिका निधारमा’ले प्रदर्शन आरम्भ गरेको छ । चलचित्रले सिंगल रिलिजको मौका पाएको छ। हिन्दुहरुको महान चाड विजया दशमीको पुर्व सन्ध्यामा प्रदर्शन आरम्भ गरेको चलचित्रले यस पालिको दशैंमा राम्रै ब्यापार गर्ने अनुमान गरिएको छ । साम्राज्ञी राज्यलक्ष्मी शाह र अकिंत शर्मा स्टारर चलचित्रलाइ वर्षकै प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ । चलचित्रको गीत, संगीत र ट्रेलरले दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाईरहेका कारण पनि बक्सअफिसमा राम्रो व्यापार गर्ने अनुमान गरिएको छ ।

बुधबारबाट खोलिएको बुकिङमा ‘रातो टिका निधारमा’ले मल्टिप्लेक्स हलमा उच्च शोज हात पारेको छ । चलचित्रलाई देशकै ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सले राजधानी र मोफसल गरी ३४ शोज उपलब्ध गराएको छ । भने, विग मुभिजले ६, एफ क्युबले ५, बिएसआरले ६, सिने डि सेफले ५, क्युज सिनेमाजले ४, र पोखराको मिड टाउन ग्यालरीले ४ शोज दिएको छ ।

अशोक शर्माले निर्देशन गरेको चलचित्रमा साम्राज्ञी र अंकितका अलावा रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको सिनेमामा किरण शर्मा र कृति शर्माले लगानी गरेका छन् । चलचित्रमा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स,जुनीम गहतराजको कलारसंयोजन छ ।