साम्तेनको ‘धुपौरे’ मा अनमोल अनुबन्धित


सेलिब्रेटी नेपाल

काठमाडौँ: युवा स्टार अनमोल केसी नयाँ चलचित्रमा अनुबन्धित भएका छन् साम्तेन भुटियाले निर्देशन गर्ने नयाँ चलचित्र ‘धुपौरे’मा अनमोल केसीले गर्ने भएका छन् । जयन श्रेष्ठ र रुपेन्द्र खड्गीले निर्माण गर्न लागेको चलचित्र जेएस इन्टरटेनमेन्ट फिल्म प्रालिको ब्यानरमा बन्नेछ । मंसिर २० गतेदेखि काठमाडौं, भैरहवा र दाङमा चलचित्र सुटिंग हुनेछ । अनमोलको एन्टी हिरो ढिलो हुने भएपछि उनले ‘धुपौरे’ गर्न लागेका’हुन् ‘यो विशुद्ध कमर्सिल चलचित्र हुनेछ । चलचित्रमा अनमोलको जोडी भने नयाँ खोजिने निर्माण टिमले बताएको छ ।

यो चलचित्रमा अनमोलले ५० लाखको आसपासमा पारिश्रमिक बुझेको स्रोत बताउँछ । यसबारेमा निर्माण टिमबाट कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन । फरक धारका चलचित्र बनाउने निर्देशकको रुपमा चिनिएका साम्तेनको नयाँ चलचित्र ‘च च हुई’ आउँदो मंसिर ६ गते प्रदर्शनमा आउँदैछ ।

गएको वर्ष प्रदर्शनमा आएको सफल चलचित्र ‘ए मेरो हजुर ३’ पछि अनमोलले बाहिरी ब्यानरको चलचित्र साइन गरेका थिएनन् । उनी आफ्नो होम प्रोडक्सनको चलचित्र ‘एन्टी हिरो’ गर्ने तयारीमा थिए । ‘एन्टी हिरो’ ढिलाई हुने भए पछि अनामोलले ‘धुपौरे’ गर्ने भएका हुन्। चलचित्रको अन्य कास्ट र क्रुको बारेमा केहिदिनमा सार्बजनिक गरिने निर्माण टिमले बताएको छ।