अंकित ‘रातो टिका निधारमा’ टिम सहित आफु पढेको स्कुलमा पुग्दा…..


सेलिब्रेटी नेपाल

काठमाडौँ: ‘रातो टिका निधारमा’बाट नेपाली रजतपटमा डेब्यु गरेका नव अभिनेता अंकित शर्माले आफु पढेको विद्यालय भ्रमण गरेका छन् । काभ्रेको पनौतीस्थित मल्पी इन्टरनेशनल स्कुलमा सोमबार चलचित्र युनिटसँग पुगेका अंकितले विद्यार्थीसँग अन्तरक्रिया गरे ।

‘रातो टिका निधारमा’ असोज १० गतेदेखि प्रदर्शन हुँदैछ । मल्पी स्कुलका प्रिन्सिपल र विद्यार्थीले आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रममा अंकितले आफ्ना अनुभव सुनाएका थिए । १० कक्षासम्मको अध्ययनको क्रममा आफुले भोगेका र जानेका कुरा उनले विद्यार्थी सामु शेयर गरे ।

यस्तै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले होस्टेलमा विताएका बाल्यकाल सम्झेर केहि भावुक भइन । ‘होस्टेल जीवनमा सबैभन्दा बढी फ्यामिली मिस गर्थ्ये । बाल्यकाल उहाँहरुसँगै वितोस भन्ने चाहना हुन्थ्यो । तर, पनि होस्टेलका साथीहरुलाई हेरेर चित्त बुझाउथे । उहाँहरुले साथले कहिले-काहिँ परिवार नै बिर्साइदिन्थ्यो ।’ उनले भावुक स्वरमा बाल्यकालको होस्टेल जीवन स्मरण गरिन् ।

अभिनेताद्वय बुद्दि तमाङ र रविन्द्र झाले दशैँको अवसरमा स-परिवार मिलेर ‘रातो टिका निधारमा’ हेरिदिन आग्रह गरे । निर्देशक अशोक शर्माले यसपटक सम्पूर्ण नेपालीको मन छुने कथा पस्केको र सबै नेपालीले हलसम्म पुगेर मनोरंजन लिने कुरामा आशा व्यक्त गरे ।

अशोक शर्माले निर्देशन गरेको चलचित्रमा साम्राज्ञी र अंकितका अलावा रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको चलचित्रमा किरण शर्मा र कृति शर्माले लगानी गरेका छन् । चलचित्रमा शम्भुजित बास्कोटा र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स,जुनिम्म गहतराजको कलर संयोजन रहेको छ ।