साम्राज्ञीलाई ‘रातो टिका निधारमा’ सफलताको लागि फ्यानद्वारा शुभकामना


सेलिब्रेटी नेपाल

काठमाडौँ:अभिनेत्री साम्राज्ञी राज्लक्ष्मी शाहलाई आफ्ना शुभचिन्तकले उपहारसहित उनको चलचित्र ‘रातो टिका निधारमा’ को सफलताको शुभकामना दिएका छन् । डिसिएन कार्यालय, कमलपोखरीमा साम्राज्ञीले आफ्ना फ्यानसँग खुसि साटिन ।

अशोक शर्मा निर्देशित चलचित्र ‘रातो टिका निधारमा’ असोज १० गतेदेखि सार्बजनिक प्रदर्शनमा आउदैछ । चलचित्रमा साम्राज्ञीले मुख्य भूमिका निर्वाह गरेकी छन् । यहि चलचित्रको लागि उत्साहित बनेका फ्यानले साम्राज्ञीसँग केक काट्दै शुभकामना दिएका हुन् । फ्यानसँग अन्तरक्रिया गर्न पाउँदा आफुलाई खुसि लागेको र चलचित्र प्रदर्शन पछि पनि फ्यानको यस्तै माया पाउने आशा गरेको साम्राज्ञीले बताइन ।

वर्षको प्रतिक्षित चलचित्रमा साम्राज्ञीसँग नव-अभिनेता अंकित शर्माले जोडी बाँधेका छन् । यस कार्यक्रममा साम्राज्ञीले आफ्ना फ्यानसँग अंकितको परिचय पनि गराई दिएकी थिइन् । फ्यानसँगको परिचय पश्चात अंकितले मायाको लागि धन्यवाद व्यक्त गरेका थिए ।

वैदेशिक रोजगारीको कथामा रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको चलचित्रमा किरण शर्मा र कृति शर्माले लगानी गरेका छन् । चलचित्रमा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स,जुनीम गहतराजको कलर संयोजन रहेको छ ।