‘छ माया छपक्कै’ ट्रेलर राजनीतिमा प्रेम (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘छ माया छपक्कै’ को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार उद्घाटन भएको बानेश्वरमा अवस्थित ‘वान सिनेमाज’ हलमा आकस्मिक पत्रकार सम्मेलन गर्दै निर्माण टिमले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । सार्बजनिक ट्रेलरमा राजनीति पृष्ठभूमिमा प्रेम बुनिएको छ । तर, कमेडीलाई प्रधानता दिइएको छैन ।

दीपेन्द्र लामा निर्देशित चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटा,सबिन बास्तोला लगायतका कलाकारहरुको अभिनय छ । असोज २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्रमा निर्देशक लामालाई दीपाश्री निरौलाले निर्देशनमा सघाएकी छन् । चलचित्रलाई हरि हुमागाइँले खिचेका हुन् भने विपिन मल्लले सम्पादन गरेका छन् ।

ट्रेलर सार्वजनिक कार्यक्रममा दीपकराजले चलचित्रमा राजनीतिक पृष्ठभूमिमा प्रेम बुनिएको बताए । चलचित्रका कार्यकारी निर्माता केदार प्रसाद घिमिरे हुन् । निर्देशक लामाकै कथा रहेको चलचित्रमा दीपकराज गिरीको पटकथा रहेको छ । संवादमा उनलाई केदार प्रसाद घिमिरे, जितु नेपाल, अभिमन्यू निरवीले सघाएका छन् । रोशन श्रेष्ठको द्वन्द्व रहेको यस चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी छ । रोहित अधिकारी चलचित्रका निर्माता हुन् ।