सातै प्रदेशमा हुने ‘सप्तरङ्ग’ दोस्रो सिजनको तयारी पूरा


सेलिब्रेटी नेपाल

काठमाडौँ:‘सप्तरङ्ग’ कार्यक्रमको दोश्रो चरण प्रारम्भ हुने भएको छ । नोभेम्बर दोस्रो साताबाट सातै प्रदेशमा सुरु हुने कार्यक्रमको तयारी अन्तिम चरणमा रहेको आयोजक गृष्मा ब्रोर्डकास्टिङले जानकारी दिएको छ । गत वर्ष सातै प्रदेशमा पहिलो चरणको कार्यक्रममा सम्पन्न भएको थियो ।

पहिलो सिजनमा सद्भाव र ऐक्यवद्धतालाई केन्द्रमा राखेको आयोजकले दोस्रो सिजनको कार्यक्रमलाई पर्यटन प्रवर्धन र समुन्नति केन्द्रित गरेको छ । दोस्रो सिजनका लागि अभिनेता राजेश हमाल, गायक सुगम पोखरेल, गायिका मेलिना राई, हिमाल सागर, प्रकाश सपुत र रवि ओडसँग सम्झौता भइसकेको आयोजकका प्रवन्ध निर्देशक गृहेन्द्र घिमिरेले जानकारी दिए ।

पहिलो सिजनमा सात प्रदेशविचको सम्बन्ध नागरिकस्तरमा सुमधुर बनाउन प्रभावकारी भएकाले दोस्रो सिजनमा देशका सातै प्रदेशमा सांगितिक यात्राको माध्यमबाट पर्यटकिय स्थानको प्रवर्धन र सम्भावनाको खोजी गरिने घिमिरेले बताए । पर्यटन वर्ष २०२० को पूर्वसन्ध्यामा आयोजनाको तयारी गरिएको कार्यक्रमले संगीत र मनोरञ्जनका साथ स्थानिय कला संस्कृतिलाई उजागर गर्ने लक्ष्य राखिएको आयोजकले बताएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.