‘गोर्खे’को दोश्रो गीत सार्बजनिक ! एन्जल र अर्जुनको माया प्रेम ‘गाम भरि हल्ला भो’ (भिडियो )


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘गोर्खे’को दोश्रो गीत सार्बजनिक गरिएको छ। ‘गाम भरि हल्ला भो’बोलको गीतमा भुसण खतिवडाको स्वर र शब्द तथा संगीत हरि लम्सालको रहेको छ। कोजु ईन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थ राम कोजु र हरि थापाको निर्माणमा तयार भएको हो । सार्बजनिक गीतमा अर्जुन गुरुङ र एन्जल श्रेष्ठ फिचर्ड छन् भने कोरियोग्राफी शिब बिकले गरेका छन । शंकर महर्जनले निर्देशन गरेको चलचित्रमा हिमाल के सीको द्वन्द निर्देशन रहेको छ यस चलचित्रले गोर्खे बन्ने सपना बोकेका ५ युवाहरुको पात्रको कथा बोल्नेछ ।

चलचित्रमा रबिन्द्र प्रताप सेन,अन्जली अधिकारी,अर्जुन गुरुङ्ग,अश्मी लामा,अश्मी श्रेष्ठ,एन्जल श्रेष्ठ ,बाल्दिप राई लगायतकाको प्रमुख अभिनय रहेको छ। सौरभ लामा र निरज कंडेलले खिचेको चलचित्रको कथा काजी लिम्बुले लेखेका हुन। चलचित्रमा छिन्दु पाख्रिन र हरि लम्सालको संगीत रहेको छ नेपाल प्रदर्शन मिति तय नभएको चलचित्रको छिट्टै अस्ट्रेलिया र अमेरिकामा शो हुने निर्माता हरि लामाले जानकारी दिए । मित्र डी गुरुङको सम्पादन रहेको चलचित्रको बितरण जिम्मा सुनिल मानन्धर लिएका छन।