निर्माता वचाउने तरिकाले काम गर्ने भन्दा सुटिंग सुरु हुन सकेन


(सेलेब्रिटी नेपाल) ९ चैत्र-गत फागुन ५ गते निकै ताम झामका साथ निर्देशक आर बि के सरदले एकै पटक तिन चलचित्रको घोसना संगै शुभ मुहर्त गरेका थिय । उनले माधव ढुंगेलको निर्माणमा ‘शीशा’, ‘आँचल’ र ‘मै छोरी सुन्दरी’ बनाउने बताएका थिए । घोषणा गरिएका मध्ये दुई फिल्म सिसा र आँचल फाल्गुन १५ देखि क्रमश फ्लोरमा जाने मुहुर्त समारोहमा जानकारी दियका थिय । निर्देशक आर.बी.के ‘शरद’ ले तीन चलचित्रको छायांकन सुरु गर्ने बताएको पनि एक महिना भैसकेको छ । तर महिना दिन अघि नै शुभमुहुर्त गरि छायांकनमा जाने भनिएका कुनै पनि चलचित्रको काम सुरु हुन सकेको छैन ।
जसमध्ये ‘शीशा’ को छायांकन सबैभन्दा पहिला गर्ने उद्घोष निर्माणपक्षले गरेको थियो । चलचित्र ‘शीशा’ मा ३ नायिका आवश्यक पर्ने बताएपनि अहिलेसम्म कोही पनि पक्का भएका छैनन् । तर निर्माणपक्षले ३ जना नायिकाका लागि ९ जना युवतीसँग सम्झौता गरेको चर्चा बजारमा चलेको छ ।
उनले नायक जिवन लुइटेलको डेट पक्का नभएकाले छायांकनमा जान नसकेको दाबी गरे । नेपालमा चलचित्र  निर्माणको घोषणा गरेर तयार नभएका उदाहरण धेरै छन् । तर निर्देशक शरद दाबी गर्छन्, ‘चलचित्र बनाउने कुरा अरुको लहलहिमा भन्दा पनि निर्माता वचाउने तरिकाले गर्नुपर्छ । यसका लागि केही ढिला त भैहाल्छ नि ।’ ढिला भय पनि घोसणा गरेका चलचित्र बनुन र राम्रो व्यापार गरुन निर्माण युनिट लाई अग्रिम शुभकामना ।