निश्चलको ‘घामड शेरे’ पोस्टर सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: निश्चल बस्नेत स्टारर चलचित्र ‘घामड शेरे’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । हेमराज बिसी निर्देशित चलचित्रको पोस्टरमा निश्चल बस्नेत मात्र अटाएका छन् । निश्चलको लूक्सले दर्शकको ध्यान केन्द्रित गर्छ । उनि धुलोले छोपिएको यात्रु देखिएका छन् । सोसियल कमेडी जनराको चलचित्रमा स्वस्तिमा खड्काको पनि मुख्य भूमिका छ । रियल कपल निश्चल र स्वस्तिमा पहिलो पटक ठुलो पर्दामा एक साथ देखिदैछन् । चलचित्रमा कथा, पटकथा र लगानी पनि निर्देशक बिसीकै छ ।

बिसी मोसन पिक्चर्स व्यानरमा निर्माण भएको चलचित्रमा शुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक र रोयको पनि अभिनय छ । नरेन्द्र विक्रम बुढा क्षेत्री कार्यकारी निर्माता रहेको चलचित्रमा नरेन्द्र मैनालीको डिओपी, सुरेन्द्र पौडेलको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत छ । चलचित्र तिहारको अवसर पारेर कार्तिक ८ मा प्रदर्शनमा आउने छ ।