सुदिप र कुशिकाले जिते ‘मोडल हन्ट नेपाल’ को ताज


सेलिब्रेटी नेपाल

काठमाडौं: पाल्पा रामपुरका २३ बर्षिय सुदिप वस्ती र काठमाडौ कपनकी १८ बर्षिया कुशिका प्रसाइले ‘बेनिलि मोडल हन्ट नेपाल २०१९’को शिर्ष उपाधि चुमेका छन् । २९ प्रतियोगलाई पछि पर्दै वस्ती पुरुष तर्फ र २६ प्रतियोगीलाई पछि पार्दै प्रसाई युवती तर्फको विजेता बनेका हुन् ।

शनिबार होटल सोल्टीको प्रेक्षालयमा आयोजित अन्तिम स्पर्धामा शिर्ष विजेता बनेका दुबैले चाइनामा हुने सुपर मोडल ग्लोव, लक्जरी ब्राण्ड मोडल अवार्ड, मिस्टर एण्ड मिस मोडल वल्र्डवाइड, मिस्टर वसिन, पन फेसन विक, एसिया लाइस्टाइल विक लगायत अन्ताराष्ट्रिय फेसन तथा मोडलिङ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न अवसर समेत प्राप्त गरे । मोडल हन्ट नेपालको यो पाँचौ संस्करण हो ।

साजसज्जा सहितको भब्य मन्चमा फेसनमय बातावरण सहित आयोजित प्रतियोगीतामा सम्सद शाह, ख्याति शर्मा फस्टरनर अप र अमन शाह, एलिना भुजु सेकेन्ड रनर अप चुनिए । यो संस्करणसम्म आउदा प्रतियोगिताको प्रस्तुतिकरण र आयोजनालाई झनै परिष्कृत र स्तरीय बनाउन आफु सफल भएकोमा आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले खुशी व्यक्त गरे ।

परमिता राणा (अभिनेत्री मोडल), उषा खड्गी (पुर्व मिस नेपाल), सृजना रेग्मी (मोडल अभिनेत्री), दलजित सुदान (अन्तराष्ट्रिय फेसन डिजाइनर), अभिमन्यु सिंह तमोर ( अन्तराष्ट्रिय फेसन कोरियोग्राफर) प्रतियोगिताको निर्णायकमा रहेका थिए । मोडलिङ क्षेत्रलाई व्यवसायिक, व्यवस्थित र विस्तारित गर्ने उदेश्य समेत रहेको प्रतियोगितामा दिविस सिंखडा, सम्झना रावत बेनिलि मोष्टइस्टाइलिस, रुपेश दहाल, ख्याति शर्मा गल्जब्युटी पार्लर वेष्टपर्सनालिटी, सम्सद शाह र कुशिका प्रसाई फ्लाइटेक वेष्टवाक, अनिल लिम्बु, सिमोना भट्टराई ओखती मिष्टर एण्ड मिस मल्टिमिडिया, केल्भिन कायस्था, विभुसी उपध्याय इविजा पब्लिकच्वाइस्, अमन शाह र विभुती उपाध्याय अयत्ना सोसियल्ली रेस्पोन्सिभल, सुदिप वस्ती, एलिना भुजु निस्चल फोटोग्राफी मोष्ट फोटोजेनिक विजेता बने । त्यस्तै हृतिका श्रेष्ठ र कुसुम रसाइली लुक्सकाट मोष्टपपुलर, केल्भिन कायस्था, प्रतिष्ठा थापा क्षेत्री नेस्ट मोडल नेपाल अर्गनाइजर्स चोइस, सुदिप वस्ती र प्रतिष्ठा थापा क्षेत्री सम्भाला वेष्ट फिजिक र फिगर विजेता बन्न सफल भए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.