मेरो मनको साथी यस्ती छिन् ट्रेलरमा



(सेलेब्रिटी नेपाल) ९ चैत्र-न्यु भेनस फिल्म्स् प्रालिको ब्यानरमा राजेश शाहीले निर्माण तथा प्रदिप श्रेष्ठले निर्देशन गरेको चलचित्र मेरो मनको साथी यहि बैशाख १३ गते बाट रिलिज हुने भयको छ ।भर्खरै चलचित्रको हल टेलर सार्बजनिक गरियको छ। चलचित्रमा जीवन लुईटेल र जस्मिन श्रेष्ठको अनस्क्रिन रोमान्स हेर्न सकिनेछ । यि दुई कलाकारको साथमा चलचित्रमा राजेश हमाल, आयुष रिजाल, सुनिल दत्त पाण्डे लगायतको पनि अभिनय रहेको छ ।
चलचित्रमा कथा प्रदीप श्रेष्ठ, पटकथा र संवाद मौनता श्रेष्ठ, संगीत महेश खड्का, नृत्य कविराज गहतराज, द्वन्द् हिमाल केसी, गीत नरेश भट्टराई र दयाराम पाण्डे, छायांकन रामशरण उप्रेती र सम्पादन विपीन मल्लको रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.