परमिता राणा तेलुगु फिल्ममा, गोपि चरणसँग डेब्यु गर्दै


सेलिब्रेटी नेपाल

काठमाडौँ: मोडल तथा अभिनेत्री परमिता राणाले तेलुगु फिल्ममा काम गर्ने भएकी छिन् तलिउड सुपरस्टार गोपी चरनसँग आफूले स्क्रिन सेयर गर्न लागेको भन्दै परमिताले इन्स्टाग्राममा पोस्ट गरेकी छन् । एसभीसीसी ब्यानरले बनाउन लागेको फिल्ममा परमिता अडिसनबाट छानिएको जनाइएको छ । इन्स्टाग्राममा राणाले गोपीचरणसँगको तस्विर र फिल्म मुहूर्तको भिडियो पनि सार्वजनिक गरेकी छन् ।

‘म नेपाललाई गर्वित तुल्याउँछु’ परमिता लेख्छिन्, ‘यतिबेला खुशिले निशब्द छु । मेरा लागि यो ठूलो अवसर हो । गोपिचरणसँग स्क्रिन सेयर गर्न पाउनुलाई मैले मेरो सम्मान ठानेकी छु ।’ परमिताले चपली हाइट २,चंगा चेट,म्यान फ्रम काठमाडौँ जस्ता चलचित्रमा अभिनय गरेकी छिन् । परमिताको नयाँ चलचित्र ‘द कर्मा’प्रदर्शनको क्रममा छ ।