हरिबंशले चिना हरायको मान्छे ल्याउने भय


(सेलेब्रिटी नेपाल) ८ चैत्र-अभिनेता हरिवंश आचार्यले आत्मकथा ‘चिना हराएको मान्छे’ लेखेका छन् ।पुस्तक प्रकाशक संस्था फाइन प्रिन्टले चैत महिनाभित्रै पुस्तक बजारमा आउने दाबी गरेको छ । फाइन प्रिन्टले राजधानीमा बिहीबार पत्रकार सम्मेलन गरी आचार्यको पुस्तक प्रकाशन हुन लागेको जानकारी दिए ।आचार्यको पुस्तक छाप्न पाउनु गर्वको विषय भएको बताउँदै उनले ‘चिना हराएको मान्छे’ पाठकको मनमा बस्ने दाबी गरे ।

आचार्य पत्नी मिराको २०६८ साल वैशाख ७ गते निधन भएको थियो । आचार्यले दोस्रो विवाह गरिसकेका छन् ।आचार्यले पुस्तकमा आफूले जीवनमा भोगेका सुख-दुःख र सफलतलाई समेट्दै हुनुहुन्छ । बाल्यकालमा गरेका उटपट्याङ, जीवन संघर्ष, कला क्षेत्रमा आउँदा भोगेका उतारचढाब लगायत घटनाको अभिलेख पुस्तकमा रहने उहाँले जानकारी दिनुभयो ।

Copyright © 2012 - 2026 | All Right Reserved.