बर्षाले गरिन बुटिक उद्घाटन


सेलिब्रेटी नेपाल

काठमाडौँ: बिहिवार राजधानीको नक्साल स्थित ‘सजिनाज् क्रियसन’ले सञ्चालनमा ल्याएको बुटिक अभिनेत्री वर्षा राउतले उद्घाटन गरेकी छन् । उक्त बुटिकको उद्घाटन गर्दै उनले फेसनमा आफु सधै सजक रहेको समेत बताइन् । अभिनेत्री बर्षा राउतले आकर्षक र नविनतम पहिरन आफ्नो रोजाइमा सधै पर्ने गरेको बताइन् । रिवन काटेर ‘सजिनाज् क्रियसन’ बुटिकको उद्घाटन गरेकी अभिनेत्री राउतले यो बुटिकको बिषेशता आफुलाई मन परेर जोडिएको सुनाइन् ।‘संचालिका सजिना बिष्टसँगको फ्यामिलीगत रिलेसनका कारण पनि क्रियसनसँग जोडिनुको अर्काे कारण रहेको उनले खुलाइन् । कुर्था, लेहेङ्गा, सारी आफ्नो बिषेश मनपर्ने पहिरन भएको बताएकी बर्षाले ‘सजिनाज् क्रियसन’ले पनि यस्ता पहिरनलाई बिषेश महत्व दिएकोले खुसी ब्यक्ति गरिन् ।

बुटिक सजिना बिष्टले संचालनमा ल्याएकी हुन् । धेरै फेसन शो र बिभिन्न सौदर्य प्रतियोगितामा समेत ड्रेस डिजाइनरको भुमिका निर्बाह गरिसकेकी बिष्टले दैनिक प्रयोगमा आउने क्याजुअल, ब्राइडल, इन्डोवेस्टन, गाउँन लगायतका पहिरनलाई बुटिकले प्राथमिकता दिएको बताइन् । ‘नेपाली फिल्म, म्युजिक भिडियो, फेसन शो लगायत जुनै प्रकारको प्रायोजनका लागि नयाँ र आकर्षक पहिरन डिजाइन गर्न हामीलाई आपती छैन’ सजिनाले भनिन् ‘यो मेरो अध्यायन र सौखको बिषय पनि हो ।’ अध्यायन र सौखको बिषय बुटिक मार्फत ब्यवसायमा बदल्न लागेको उनको भनाई थियो ।‘बुटिक फेसन’ भन्ने वित्तिकै ‘महँगो होला’ भन्ने बुझाइ आम मानिसमा छ । तर, त्यसलाई हामी चिर्न चाहन्छौँ’ बिष्टले थपिन् सर्वसाधारणको समेत पहुँच पुग्नेगरी ‘सजिनाज् क्रियसन’ सञ्चालनमा ल्याइएको हो ।’

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.