जिग्री–पाँडे टिमको नयाँ टेलिसिरियल ‘सक्किगोनि’


सेलिब्रिटी नेपाल

काठमाडौं: हाँस्य टेलिसिरियल ‘भद्रगोल’बाट बाहिरिएको अर्जुन घिमिरे (पाँडे), कुमार कट्टेल (जिग्री)को टिमले ‘सक्किगोनि’ नामको नयाँ सिरियल प्रशारणमा ल्याउने भएको छ। ‘भद्रगोल’ उत्पादक संस्था मिडियाहबसंग कपिराइट र पारिश्रमिक विवाद बढेपछि जिग्री–पाँडेसहितको २१ जनाको टिम सिरियलबाट बाहिरएको थियो।

त्यहि टिमले आउँदो असोज २ गते बिहीबारबाट नयाँ सिरियल प्रशारणमा ल्याउन लागेको हो। बुधबार राजधानीमा जिग्री–पाँडेको टिमले टिजर सार्वजनिक गर्दै सिरियल ‘सक्किगोनि’को घोषणा गरेको हो। ‘सक्किगोनि’ भद्रगोलमा ‘जिग्री’ले बोल्ने थेगो हो । जुन दर्शकमाझ लोकप्रिय छ।

नयाँ सिरियललाई पनि अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री)ले नै लेखन तथा निर्देशन गर्नेछन्। उनीहरुले स्थापना गरेको कम्पनी जेपिटी (जिग्री–पाँडे टिम)क्रियसन मार्फत यसको निर्माण हुनेछ।

टेलिसिरियल नेपाल टेलिभिजनमै बिहीबार राति ८ः५० बजे प्रशारणमा आउनेछ भने ओएसआर डिजिटलको युट्युबमा सिरियल हेर्न सकिनेछ। घोषणा कार्यक्रममा कलाकारहरुले दर्शकले आफूहरुप्रति देखाएको विश्वासलाई निराश नबनाउने बताए।

‘सक्किगोनि’मा ‘भद्रगोल’मा देखिँदै आएका अधिकांश कलाकार हुनेछन्। जिग्री– पाँडेसहित सागर लम्साल (बले), हरी निरौला (कक्रोच), मधुसुधन पाठक (सितेबा), रक्षा श्रेष्ठ, कमलमणि नेपाल (खुपीका बाउ), दीपक आचार्य, गोविन्द कोइराला, प्रियाना आचार्य (मुन्नी), सुबोध गौतम जस्ता चर्चित्र पात्रहरुको यसमा अभिनय रहनेछ। त्यस्तै शुरुवाती दिनमा देखिएका निर्देशक शंकर आचार्य ‘वरिष्ठे’ र चिरञ्जिवी पुडासैनी ‘धतुरे’ पनि यो नयाँ सिरियलमा देखिने भएका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.