‘मिस फारवेष्ट नेपाल’ दोस्रो संस्करणको लागि आवेदन आव्हान


सेलिब्रिटी नेपाल

काठमाडौँ:’मिस फारवेष्ट नेपाल २०१९’ को दोस्रो संस्करणको लागि आवेदन फारम सुरु भएको छ । रोयल कोलावोरेटिभ्स प्रालिको आयोजनामा सञ्चालित मिस फारवेष्ट नेपालको दोस्रो संस्करणको लागि आवेदन फारम भर्न सुरु भएको हो ।

मिस फारवेष्ट नेपाल सुदूरपश्चिमको सबैभन्दा ठूलो र प्रतिष्ठित सौन्दर्य एवम् कला प्रतियोगीता भएको आयोजकको दाबी छ । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मार्फत दोस्रो संस्करणबारे जानकारी गराइएको हो ।

नेपाल पर्यटन बोर्ड प्रवद्र्धक रहेको कार्यक्रमले सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गरेर पर्यटकीय गतिविधि बढाई नेपाल भ्रमण वर्ष २०२० लाई पनि सघाउने उद्देश्य रहेको आयोजक रोयल कोलावोरेटिभ्सका अध्यक्ष गजेन्द्र विक्रम शाहीले जानकारी दिए ।

गत वर्षबाट सुरु भएको मिस फारवेष्ट नेपालको दोस्रो संस्करणका लागि महेन्द्रनगर, टीकापुर र धनगढीमा क्रमशः असोज ३,४ र ५ गते अडिशन हुनेछ । अडिशनबाट छनोट भएका प्रतियोगीलाई असोज ७ गतेबाट एक महिने व्यक्तित्व विकास सम्बन्धी तालिम दिइनेछ । उक्त तालिम कोरियोग्राफर जेनिशा तामाङ्गले प्रदान गर्नेछिन् ।

अन्तिम तालिममा सहभागी गराउन अडिसन मार्फत २७ जनालाई छनोट गरिनेछ । यसको फाइनल कात्तिक ७ गते हुनेछ । यस प्रतियोगिताको निर्णायक मण्डलमा पूर्व मिस नेपाल सुगारिका केसी, मिस नेपाल आयोजक संस्था हिडन ट्रेजरका प्रमुख गोपाल कक्षपति, नमुना कलेज अफ फेसन टेक्नोलोजीकी प्रमुख ज्ञानी शोभा तुलाधार र चलचित्र निर्माता सरोज न्यौपान रहेका छन् ।

यस प्रतियोगितामा प्रथम हुनेले एक थान स्कुटर साथै क्राउन, दोस्रो हुनेले नगद ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ पुस्कार पाउनेछन् । अन्य थुप्रै क्षेत्रमा अवसर प्राप्त गर्ने अध्यक्ष शाहीको भनाइ छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.