बलिउड चर्चित नायक संजय दत्तलाई ५ बर्षको जेल सजाय

बलिउड चर्चित नायक संजय दत्तलाई ५ बर्षको जेल सजाय सुनाइएको छ । सन् १९९३ मा मुम्बइमा भएको बम बिष्फोटमा सहयोग गरेको र हतियार राखेको आरोपमा उनलाई ५ बर्षको जेल सजाय बिहिबार भारतको सर्वोच्च अदातलले सुनाएको हो ।संजयले यसभन्दा अघि नै १६ महिना जेल सजाय काटिसकेकाले अब उनी साढे ३ बर्ष जेलमा बस्नेछन् । यस्तै सन् १९९३ मा मुम्बइमा भएको बम बिष्फोटको आरोपमा याकूब मेननलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।