नेपाल चलचित्र कलाकार संघको स्थापना दिवसमा कलाकारहरुलाई सहयोग हस्तान्तरण


सेलिब्रेटी नेपाल

काठमाडौँ: नेपाल चलचित्र कलाकार संघको ३२औं स्थापना दिवस राजधानीमा विविध कार्यक्रम गरि मनाइयो । नेपाल चलचित्र कलाकार संघको ३२ औं स्थापना दिवसको अवसरमा कलाकार र सामाजीक दायित्व अन्तरक्रिया कार्यक्रमको समुदघाटन सन्चार तथा सुचना प्रविधि मन्त्रि गोकुल बास्कोटाले गरेका थिए । गत जेष्ठमा मात्र कलाकार रबिन्द्र खड्काको नेतृत्वको नेपाल चलचित्र कलाकार संघको नयाँ कार्य समीतीको गठन भएको थियो ।

कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र विकास वोर्डका अध्यक्ष केशव भट्टराई, चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामा, चलचित्र निर्देशक सामाजका अध्यक्ष सुचित्रा श्रेष्ठ,बरिष्ठ कलाकार कृष्ण मल्ल,बरिष्ठ कलाकार निर शाह,बरिष्ठ कलाकार बसुन्धरा भुसाल लगायत बरिष्ठ देखी चर्चित कलाकारहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत गर्दै संघका महासचिव चेत बहादुर सिंह राजाले चलचित्र कलाकार संघ कलाकारको हितका लागि बि.सं २०४५ सालमा गठन गरिएको बताए ।

त्यस्तै कार्यक्रममा यस बर्ष निधन भएका बरिष्ठ चलचित्रकर्मीहरु सुभद्रा अधिकारी, हरि प्रसाद रिमाल, बि.एस राना, किशोर राना लगायतको सम्झनामा मौन धारण पनि गरिनुको साथै बिभिन्न चलचित्रकर्मीको तस्बिरमा माल्यार्पण समेत गरियो । कार्यक्रममा विभिन्न बिरामी तथा अशक्त कलाकार एवं चलचित्रकर्मीलाई सहयोग पनि हस्तारतरण गरियो । सहयोग प्राप्त गर्ने चलचित्रकर्मीहरुमा जयनन्द ठाकुर, पवन मैनाली, मायाँ प्रधान, प्रीया रिजाल, काजी रम्तेल, सुवर्ण श्रेष्ठ, बी.बी. केसी, शान्ती राज लगायत रहेका छन् । कार्यक्रममा बोल्दै मन्त्रि बास्कोटाले सरकार संघसंग मिलेर काम गर्न तयार रहेको बताए ।

कार्यक्रमलाई अन्तरक्रियामा प्रवेश गराउनु अघि सम्बोधन गर्दै चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काले चलचित्रकर्मीहरुको पनि सामाजिक दायित्व भएको र त्यसलाई मध्यनजर गरि कार्य गर्न आग्रह गरे ।