बिशालको ‘जरुरि छ’ मा ओबी,संगम र साया (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाण्डौ: गायक बिशाल निरौला र दिपा लामाको नयाँ गीत ‘जरुरि छ’ को भिडियो सार्बजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच भिडियो सार्बजनिक गरिएको हो। भिडियो सार्बजनिक कार्यक्रममा गायक बिशाल निरौला रचनाकार तथा संगीतकार प्रशान्त पौडेल, सम्पादक शिलन लम्साल कलाकार ओबी रायमाझी,संगम शर्मा,साया भण्डारी र बाक्लो संचारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सबैले आ आफ्नो धारणा राखेका थिए कार्यक्रममा बोल्दै गायक बिशालले गीत अनुसार भिडियो राम्रो बनेको बताए ।

प्रशान्त पौडेलको शब्द तथा संगीत रहेको गीतको भिडियो अनिल के मानन्धर र प्रथम खड्काले निर्देशन गरेका हुन् । अनिल के मानन्धरले छायाँकन गरेको भिडियोलाइ शिलन लम्सालले सम्पादन गरेका हुन् । भिडियोमा ओबी रायमाझी,संगम शर्मा,साया भण्डारी र साहिल सुनार फिचर्ड छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.