‘भद्रगोल’ को नयाँ एपिसोडलाइ लाइक भन्दा धेरै डिस्लाइक


सेलिब्रेटी नेपाल

काठमाडौँ: अर्जुन घिमिरे (पाँडे), कुमार कट्टेल (जिग्री), सागर लम्साल (बले), हरिश निरौला (क्रकोज), रक्षा श्रेष्ठ लगायतका कलाकारहरुले ‘भद्रगोल’ छाडे पछि अहिले नयाँ टिमले भद्रगोल निर्माण गरेको छ । भद्रगोल टिम र मिडिया हवबिच कुरा नमिल्दा गत साउनदेखि सिरियल रोकिएको थियो। गत शुक्रबार बाट नयाँ टिमले निर्माण गरेको भद्रगोल प्रशारणमा आएको छ ज्योति काफ्ले, अशोक धिताल,सुजित थापा राजु भुजेल,अनुमति नेपाली, राधा श्रेष्ठ,अर्जुन तिमल्सिना लगाएतका कलाकारको अभिनय रहेको छ ।

ज्योति काफ्ले र अशोक धितालको लेखन तथा निर्देशन रहेको भद्रगोलले यु ट्युबमा लाइक भन्दा डिस्लाइक धेरै पाएको छ। गत शुक्रबार प्रशारित २ सय २० औं एपीसोडको कथा पुरानै एपीसोडहरुको निरन्तरता जस्तो गरी बुनिएको छ तर दर्शकलाई बाँधेर राख्ने खालको कथावस्तु छैन । साथै, पुरानो टिमका कोही पनि नहुँदा दर्शक निराश बनेका हुन् ।

यो समाचार तयार पार्दा सम्म यु ट्युबमा ‘भद्रगोल’ ६ लाख ९० हजार दर्शकले हेरी सकेका छन् भने सत्र हजारले लाइक गरेका छन् भने २० हजार भन्दा बढीले डिस्लाइक गरेका छन्। ११ हजार भन्दा धेरै कमेन्ट गरेका छन्। अधिकांश कमेन्टमा पुराना कलकार खोइ नयाँ कलाकारको सिरियल हेरिन्न भन्ने खालका कमेन्ट धेरै गरेका छन् ।

नेपाल टेलिभिजनबाट प्रशारण ‘भद्रगोल’ले छोटो समयमै टेलिभिजन र युट्युबमा राम्रो दर्शक कमाएको थियो। अर्जुन घिमिरे (पाँडे), कुमार कट्टेल (जिग्री)को लेखन/निर्देशनमा ‘भद्रगोल’ प्रशारण हुँदै आएको थियो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.