उमा जेठ १० गते बाट आउने भईन् (यस्ती छिन् प्रोमो मा)



(सेलेब्रिटी नेपाल) ८ चैत्र द्धन्दकालको घटनामा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘उमा’ को फस्टलुक अर्न्तगत प्रोमोसँगै पोस्टर पनि रिलिज गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी निर्माण युनिटले उमाको फस्टलुक सार्वजनिक गरेको हो । चलचित्र ‘उमा’ मार्फत नेपालका विगत र वर्तमान राजनीतिक घटनाक्रम तथा परिवर्तनले नेपालीको जनजीवनमा पारेको प्रभावलाई उतार्ने प्रयास गरेको निर्देशक छिरिङ रितार शेर्पाले बताए । उनले यो चलचित्रलाई द्धन्दबाट पीडित नेपाल र नेपालीको समग्रताको कथा भनेका छन् । शिर्ष भुमिकामा देखिएकी नायिका ऋचा शर्माले माओवादी कमरेडको भुमिका निर्वाह गरेकी छिन् । यस्तै चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, प्रविण खतिवडा, मिथिला शर्मा, प्रमोद अग्रहरी, पुष्कर गुरुङ, प्रकाश घिमिरे, सुरेश चन्द पनि मुख्य भुमिकामा छन् । पुर्सोतम प्रधानले काठमाडौँका साथै काभ्रे -पनौती र खोपासिका रमणीय द्रिस्य हरुलाई कैद गरेका छन् ।चलचित्र जेठ १० गते बाट प्रदर्शनमा आउने भयको छ ।