पुजाको जोडी सौगात,सृष्टिको जोडी आकाश, ‘पोइ पर्‍यो काले’ पहिलो गीत सार्वजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: कात्तिक ८ गते बाट प्रर्दशनमा आउने तयारीमा रहेको चलचित्र ‘पोइ पर्यो काले’को पहिलो गीत सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको गीत सार्बजनिक गरिएको हो । सार्बजनिक पोइ पर्यो काले बोलको गीतमा अर्जुन पोखरेलको संगीत र नृपेश उप्रेतीको शब्द रचना रहेको छ। गीतमा रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर समाबेश छ ।

शिशिर राणाको कथा तथा निर्देशन रहेको चलचित्रमा सौगात मल्ल काले पोइ बन्ने छन् भने उनको जोडी सृष्टि श्रेष्ठ हुनेछिन्। आकाश श्रेष्ठ र पूजा शर्मा अर्को जोडीका रूपमा देखिने चलचित्रमा सृष्टि र पूजा दिदीबहिनी हुनेछन्। यसबाहेक सोहित मानन्धर, बिन्दा खतिवडा, राजाराम पौडेल, राजेन्द्र नेपाली, गोपाल ढकाल ‘छन्दे’ र निर्देशक राणा स्वयं यसका कलाकार रहेका छन्।

सुरक्षा पन्त अतिथि भूमिकामा देखिने छिन्। दीपक मनाङे (राजीव गुरुङ),अमला देवी राई, किरण नेपाली, सरोज नेपाली लगायतको निर्माणमा बनेको चलचित्रमा लाल बहादुर खाती,अर्जुन पोखरेलको संगीत, कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन, तारा थापा किम्भेको सम्पादन शिब ढकालको छायाँकन छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.