गीति एल्बम ‘मेरी आमा’ लोकार्पण


सेलिब्रेटी नेपाल

काठमाडौँ: गीतकार विमला तुलाचनको गीति एल्बम ‘मेरी आमा’को लोकार्पण गरिएको छ । राजधानीको कमलादी स्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा विशेष समारोहका बीच एल्बमको लोकर्पण गरिएको हो । गीतकार संघ नेपालको आयोजनामा भएको समारोहमा प्रमुख अतिथिसंघका सल्लाहकार, पूर्वमन्त्री तथा गीतकार एसपी कोइराला, गीतकार संघ नेपालका कार्यवाहक अध्यक्ष शुभ मुकारुङ, विशेष अतिथि कवि, गीतकार तथा साहित्यकार उषा शेरचन, अतिथिहरु पूर्वमन्त्री सुशिल शेरचन, गीतकार/सङ्गीतकार आभाष, गायिका लाशिमीत राई, एल्बमका सङ्गीतकार वसन्त मुकारुङ, गीतकार विमला तुलाचन, निर्मल गौचनलगायतले एल्बमको लोकार्पण गरेका थिए ।

समारोहमा एल्बममा रहेका दुई गीत ‘कहिले खहरे झै…’ र ‘मेरी आमा…’को भिडियो पनि देखाइएको थियो । समारोहमा एल्बम माथि समिक्षा लाशिमित राई र आभाषले गरेका थिए ।

एल्बममा कहिले खहरेझैं, हाम्रो प्रेम अजम्बरी, सुन मायालु जस्ता चार गीत समावेश गरिएको छ । एल्बममा रहेका गीतमा उदय सोताङ, मनिला सोताङ, रिमा गुरुङ हाडा, सत्यराज आचार्य र अञ्जु पन्तको स्वर रहेको छ । वसन्त मुकारुङको एकल सङ्गीत रहेको एल्बमका गीतमा सचिन सिंह, फणिन्द्र राई र नोर्बु शेर्पाको सङ्गीत संयोजन रहेको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.