३ दिने‘चलचित्र पत्रकारिता कार्यशाला’ पोखरामा सम्पन्न


सेलिब्रेटी नेपाल

काठमाडौं। बुधबारबाट पोखरामा सुरु भएको ३ दिने चलचित्र पत्रकारिता कार्यशाला सम्पन्न भएको छ। चलचित्र पत्रकार संघ नेपालले पोखरा शाखा र नेपाल चलचित्र विकास बोर्डको आयोजनामा कार्यशाला सञ्चालन गरेको हो। कार्यशालामा पत्रकार आचारसंहिता, डिजिटल/मल्टीमिडिया पत्रकारिता, फिल्म समिक्षा, चलचित्र पत्रकारिता हिजो र आज, पर्यटन र चलचित्रको अन्तरसम्बन्ध, आत्मसमिक्षा, चलचित्र पत्रकार र चलचित्र बिकास बोर्ड बीचको अन्तरसम्वन्ध विषयक अन्तरक्रिया र प्रशिक्षण भए । कार्यशालामा वरिष्ठ पत्रकार राजेन्द्र दाहाल, रजनिश भण्डारी, समिक्षक अनुप सुवेदी, पत्रकार नारायन अमृत र सुर्य थपलिया लगायतले प्रशिक्षण दिएका थिए । कार्यशालामा सहभागी हुन काठमाडौं तथा मोफसलमा रहेर चलचित्र पत्रकारिता गरिरहेका एक सय बढी चलचित्र पत्रकारहरू सहभागी थिए।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालको प्रमुख आतिथ्यमा भदौ १८ बाट सुरु भएको कार्यशाला, चलचित्र बिकास बोर्ड अध्यक्ष केशव भट्टराईको प्रमुख आतिथ्यमा भदौ २० मा समापन गरिएको थियो । चलचित्र पत्रकार संघ पोखरा शाखा र चलचित्र विकास बोर्डको सहकार्यमा सम्पन्न कार्यशालामा पत्रकारलाई पोखराका केहि स्थानको दृश्य अवलोकन पनि गराइएको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.