सिड्नीमा नेपाली वृत्तचित्र ‘असम्भव केही हुँदैन’ पुरस्कृत


सेलिब्रेटी नेपाल

काठमाडौँ: नेपाली सञ्चारकर्मी शान्ता नेपालीले निर्माण गरेको लघु वृत्तचित्र सिड्नीमा पुरस्कृत भएको छ । बृटिश सैनिकमा कार्यरत रही अफगानिस्तानमा घाइते भएका हरि बुढामगरमाथि बनेको वृत्तचित्र ‘असम्भव केही हुँदैन’ ले संसारभरबाट सबैभन्दा बढी अनलाइन भोट पाएर पुरस्कृत भएको हो । संसारभरिका ६० वटा फिल्म सहभागी महोत्सवमा नेपाली फिल्मले सबैभन्दा बढी अनलाइन भोटिङ्ग प्राप्त गरेको हो ।

यही सेप्टेम्बर ६ मा सिड्नीमा सम्पन्न २०१९ को ‘फोकस अन येबिलिटी’ शीर्षकको लघु वृत्तचित्र महोत्सवमा ‘असम्भव केही हुँदैन’ प्रदर्शन गरिएको थियो । युद्धमा घुँडा मुनिका दुवै खुट्टा गुमाए पनि मानिसमा कसरी फरक खालको सक्षमता हुनसक्छ भन्ने उदाहरणको रुपमा हरि बुढामगरलाई वृत्तचित्रमा प्रस्तुत गरिएको छ । उनले यो फिल्म महोत्सवमा पुरस्कृत यस प्रकारको पहिलो नेपाली फिल्म भएको भन्दै संसारभरबाट माया गर्नेहरुलाई धन्यवाद दिएका छन् ।