जिग्री, पाँडे, बले, क्रकोज लगायतको टिमले छोड्यो ‘भद्रगोल’ : सिरियल छाड्नुको पछाडि के थियो कारण ?


काठमाडौं। अर्जुन घिमिरे (पाँडे), कुमार कट्टेल (जिग्री), सागर लम्साल (बले), हरिश निरौला (क्रकोज), रक्षा श्रेष्ठ लगायतका कलाकारहरुले ‘भद्रगोल’ छाडेका छन्। अर्जुन घिमिरे (पाँडे)ले आफूहरुको टिमले नै ‘भद्रगोल’ छाडेको पुष्टि गरे।

भद्रगोल टिम र मिडिया हवबिच कुरा नमिल्दा गत साउनदेखि सिरियल रोकिएको थियो। सिरियलको सम्पूर्ण राइटस कार्यक्रम उत्पादक मिडिया हवसंग रहेको र आफूहरुले त्यसको सम्पूर्ण अधिकार सर्जक (आफूहरु)मै हुनुपर्छ भनेर निरन्तर पहल गरेपनि त्यो नपाएको साथै पारिश्रमिक पनि नपाएको हुनाले  सिरियल छाड्न वाध्य भएको बताए । ‘हामीले सिर्जना गरेको ‘भद्रगोल’ब्रान्डको राइटस् हामीसंग नभई मिडिया हबले हामीलाई नसोधी दर्ता गरेको छ’उनले भने– ‘हामीले पाउनुपर्ने पैसा आजको दिनसम्म पनि चुक्ता भएको छैन्। त्यसैले यस्तो अवस्थामा काम गर्न सक्दैनौ भनेर हामी सबैले छाडयौं ।’

नेपाल टेलिभिजनबाट प्रशारण ‘भद्रगोल’ले छोटो समयमै टेलिभिजन र युट्युबमा राम्रो दर्शक कमाएको थियो। अर्जुन घिमिरे (पाँडे), कुमार कट्टेल (जिग्री)को लेखन/निर्देशनमा ‘भद्रगोल’ प्रशारण हुँदै आएको थियो।

यद्यपी जिग्री–पाँडेको टिमले ‘भद्रगोल’ छाडेसंगै शुक्रबारबाटै रोकिएको ‘भद्रगोल’ नयाँ कथावस्तु, नयाँ शैली र नयाँ कलाकारका साथ प्रशारण हुने भएको छ । ज्योति काफ्ले र अशोक धितालले ‘भद्रगोल’लाई निर्देशन गर्ने भएका छन । निर्देशक ज्योतिले सामाजिक सञ्जाल फेसबुकबाट आज शुक्रबारबाट सिरियल प्रशारण हुने जानकारी दिएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.