फ्राइडे रिलिज : एक्लै आयो नीता र प्रज्वलको ‘सोच’


काठमाडौं। फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट नेपाली चलचित्र ‘सोच’ प्रदर्शनमा आएको छ। नीता ढुंगाना र प्रज्वल गिरीको मुख्य भूमिका रहेको चलचित्र सोलो प्रदर्शनमा आएको हो।

चलचित्र एक्सन तथा लभ स्टोरी कथामा तयार गरिएको चलचित्रमा पुजन सिंह (प्रभाकर प्रकाश)को कथा तथा निर्देशन छ।

सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा गंगा रजक प्रकाश र एस.डीको लगानी छ। नीता र प्रज्वलको अलावा चलचित्रमा पुजन सिंह, विशाल पहाडी, सोनीका बास्तोला, किरण थापा, रितेश श्रेष्ठ, उत्तम केसी लगायतको अभिनय छ।

कृष्ण आचार्यको पटकथा, सम्वाद रहेको यो चलचित्रमा एनबी महर्जनको एक्सन, रामजी लामिछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी, विदुर पोण्डेको छायांकन तथा प्रितम पाण्डेको सम्पादन छ।

Copyright © 2012 - 2026 | All Right Reserved.