‘चलचित्र पत्रकारिता कार्यशाला’का लागि १ सय बढी चलचित्र पत्रकारहरु पोखरामा


काठमाडौं। बुधबारबाट पोखरामा तीन दिने चलचित्र पत्रकारिता कार्यशाला सुरू भएको छ।

चलचित्र पत्रकार संघ नेपालले पोखरा शाखा र नेपाल चलचित्र विकास बोर्डको आयोजनामा कार्यशाला सञ्चालन गरेको हो। बुधबार कार्यशालाको उद्घाटन समारोहमा गण्डकी प्रदेशका पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री विकास लम्साल, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली र कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, चलचित्र निर्देशक धनश्याम लामिछाने, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रबन्धक सूर्य थपलिया, चलचित्र पत्रकार संघका कास्की संस्थापक अध्यक्ष श्रीराम सिग्देललगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यशालामा आज बिहीबार र भोली शुक्रबार वरिष्ठ पत्रकार राजेन्द्र दाहाल, रजनिश भण्डारी, समिक्षक अनुप सुवेदी, पत्रकार नारायन अमृत र कृष्ण भट्टराई लगायतले प्रशिक्षण प्रदान दिनेछन्। कार्यशालामा पत्रकार आचारसंहिता तथा मिडियासम्बन्धि कानुन, चलचित्र, समीक्षा, बढ्दो प्रविधिमा पत्रकारहरुको कार्यकुशलता अभिवृद्धि, चलचित्र पत्रकारिता, पर्यटन, फोटो तथा मल्टिमिडिया सम्बन्धि प्रशिक्षण दिइनेछ। कार्यशाला शुक्रबारसम्म चल्नेछ।

चलचित्र पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष सन्दीप सापकोटाले चलचित्र पत्रकारहरुको क्षमता अभिवृद्धि गराउँनु चलचित्र पत्रकार संघको पनि दायित्व भएकोले कार्यशालाको आयोजना गरिएको बताउँदै यसले चलचित्र पत्रकारहरुको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यशालामा सहभागी हुन् काठमाडौं तथा मोफसलमा रहेर चलचित्र पत्रकारिता गरिरहेका एक सय बढी चलचित्र पत्रकारहरू पोखरामा भेला भएका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.