‘कबड्डी कबड्डी कब्बड्डी’ ट्रेलर सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘कबड्डी कबड्डी कब्बड्डी’को ट्रेलर सार्बजनिक गरिएको छ । रामबाबु गुरुङ निर्देशित ‘कबड्डी कबड्डी कब्बड्डी’मा दयाहाङ राई, रिश्मा गुरुङ, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्दि तामाङ, विजय बराल, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिभा तुलाधर, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, डा. सिंह गुरुङ, शिला खनाल, मणि के राईको अभिनय छ ।

चलचित्र बासुरी फिल्मस र सिनेमा आर्टको प्रस्तुतिमा निर्माण भएको हो । माउन्टेन स्टोरिज र नौमती इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेको चलचित्रमा मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियारले लगानी गरेका छन् । चलचित्रको सह निर्माताको रुपमा रुदेन सदा लेप्चा छन् । चलचित्रमा शैलेन्द्र ध्वज कार्कीको छायाँकन र सुरेन्द्र पौडेलको सम्पादन छ । चलचित्रमा कालीप्रसाद बाँस्कोटा र एस डी योगीको संगीत रहेको छ । चलचित्र असोज ३ गतेबाट सार्बजनिक प्रदर्शनमा आउने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.