मिस नेपाल-२०१३ को ताज इशानी श्रेष्ठले पहिरीन्



(सेलेब्रिटी नेपाल) ८ चैत्र-यस बर्षको मिस नेपाल-२०१३ को ताज इशानी श्रेष्ठले पहिरीएकी छिन् ।काठमाडौँस्थित प्रज्ञा भवनमा भएको अन्तिम प्रतियोगितामा उनले आफुलाई उत्कृस्ट साबित गरेकी हुन् ।उनलाई मिस नेपाल–२०१२ श्रृष्टि श्रेष्ठले ताज पहिर्‍याएकी थिइन् । मिस नेपाल २०१३ बनेसँगै अब उनले मिस वर्ल्ड २०१३ मा नेपालको तर्फबाट भाग लिने पाउने छिन् ।प्रतियोगितामा फस्ट रनर अप रोजी शाही ठकुरी भइन् भने सेकेण्ड रनर अपमा सृतिमा शाहले ताज पहिरिइन् । प्रतियोगितामा श्रेष्ठले मिस नेपाल–२०१३ को ताजसहित ५० हजार रुपैयाँ पाउँदा क्रमश फस्ट रनर अप शाहीले ३५ र सेकेन्ड रनर अप तेस्रो हुनेले २५ हजार रुपैयाँ नगद प्राप्त गरेका छन्  ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.