लभ इन चाइना बोर्डरको अडियो सार्बजनिक



(सेलेब्रिटी नेपाल) ८ चैत्र-उदय सुब्बा निर्देशीत फिल्म “लभ इन चाइना बोर्डर”को गीत सार्वजनीक गरिएको छ। शुक्रबार,चैत्र -९ गते देखि देशभरका हलमा प्रदर्शन हुन लागेको फिल्मको अडियो बुधबार राजधानीमा आयोजीत एक कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्का, चलचित्र प्राबिधिक संघका अध्यक्ष मनोज केसी, चलचित्र पत्रकार संघका महासचिव लक्ष्मण सुवेदीलगायतले संयुक्त रुपमा बिमोचन गरेका हुन्।

पाख्रिन फिल्मस्को ब्यानरमा निर्माण भएको लभ इन चाइना बोर्डरको सुटिङ चीनको बोर्डरमै पुगेर गरिएको निर्माता पाख्रिनले बताए । उनले लभ इन चाइना बोर्डर नेपाली फिल्म इतिहासका माइलस्टोन फिल्म कुसुमेरुमाल, कान्छी, चिनोहरुझै सफल भइ रेकर्ड राख्ने दावी गरे । कार्यक्रममा निर्देशक सुब्बाले फिल्म ब्यावसायिक दृष्टिकोणले निर्माण गरिएको बताउदै भने, ‘सोलुखुम्बुको उच्च हिमाली भेकसम्म पुगी सुटिङ गरिएकाले फिल्मका हरेक दृश्य सट सुन्दर छन् । कथा र प्रस्तुतिको हिसावले पनि लब्ली फिल्म बनेको छ ।’ उनले फिल्म राजधानी र मोफसलका गरी ७० वटा हलमा एकैचोटी प्रदर्शन हुन लागेको जनाए ।चलचित्रमा सुवास मेचे, जेनीशा केसी, दिपक क्षेत्री, सुनील थापा, रोहीतकुमार र निर्देशक उदय स्वयम् प्रमुख भूमिकामा छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.