पुष्प र साम्राज्ञीको ‘मारुनी’ ले जोगाउला त इज्जत ?


सेलिब्रेटी नेपाल

काठमाडौं: म्युजिक भिडियोका व्यस्त मोडल हुन् पुष्प खड्का। चलचित्रमा पनि उनको ब्यस्तता बढ्दो छ। तर, पुष्प अभिनित अपवाद बाहेकका चलचित्रले राम्रो कमाई गर्न सकेका छैनन्। डेब्यू चलचित्र हेरौं ‘अझै पनी’ । यो चलचित्रले बक्स अफिसमा पानी पनि भन्न पाएन। दोस्रो, ‘दर्पण छाँया २’ले पनी दर्शक तान्न सकेन्। तेस्रो, ‘मंगलम’मा पुष्पको अभिनयको प्रशंशा भयो। ब्यापार भने औसत रह्यो।

गत बैशाखमा प्रदर्शनमा आएको ‘दात भात तरकारी’बाट पुष्पले अभिनयको जस पाएनन्। अब यही भदौं १३ गतेबाट पुष्पको नयाँ चलचित्र ‘मारुनी’ प्रदर्शनमा आउँदैछ। तर यो चलचित्रलाई ठूलो प्रेसर छ। कारण, ‘जात्रै जात्रा’पछि कुनै चलचित्रले हलमा दर्शक तान्न सकेका छैनन् । दोस्रो, यही मितिमा बलिउडको प्रतिक्षित चलचित्र ‘साहो’ प्रदर्शनमा आउँदैछ। दर्शक तान्न ल्याकत राख्ने चलचित्रकी मुख्य अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको ‘काण्डैकाण्ड’ले पनि दर्शकमा उनीप्रति वितृष्णा जागेको छ। जुन उनी अभिनित चलचित्रको ट्रेलर र गीतसंगीतमा आएका कमेन्टबाट थाहा हुन्छ।

त्यसमाथी केही समय अघि चलचित्रको पोष्टर पनि बिदेशी चलचित्रबाट प्रभावित रहेर तयार गरियो भन्ने चर्चा चलेको थियो। चलचित्र चल्ने आधार भनेको अब चलचित्र राम्रो भएर माउथ पब्लिसिटीको प्रभाव देखिनु हुनेछ। के अब यी कुराहरुका बीच ‘मारुनी’ले दर्शक तान्ला? केही दिन प्रतिक्षा गर्नुको विकल्प छैन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.