द्धन्द्ध निर्देशक अष्टमानको डेब्यु निर्देशन ‘गुञ्जन’ को शुभमुर्हत सम्पन्न


सेलिब्रेटी नेपाल

काठमाडौँ: द्धन्द्ध निर्देशक अष्टमान महर्जनको डेब्यु निर्देशनको चलचित्र ‘गुञ्जन’ को शुभमुर्हत सम्पन्न गरिएको छ । पोखराको विन्ध्यावासिनी मन्दिरमा चलचित्रको आज मंगलबार शुभमुर्हत गरिएको हो । चलचित्रको छायाँकन आजैबाट पोखरामा सुरु भएको निर्देशक अष्टमाले जानकारी दिए । चलचित्रको ९० प्रतिशत छायाँकन पोखरामा हुने र बाँकी काठमाडौंमा गरिने निर्माण युनिटले जानकारी दिएको छ । ए. एच ईन्टरटेन्मेन्ट प्रा.ली को ब्यानरमा निर्माण हुन लागेको चलचित्र प्रेम कथामा आधारित रहेको छ

चलचित्र ‘गुञ्जन’ लाई सुनिता शाहीले निर्माण गरेकी हुन भने हिरा कृष्ण शाही प्रस्तुतकर्ता रहेका छन् । महेश दवाडिको कथा , पटकथा र संवाद रहेको चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, कविराज गहतराजको कोरियोग्राफि, अर्जुन पोख्रेल र कल्याण सिंहको संगीत रहेको छ ।

चलचित्रमा सरोज खनाल, हिउवाला गौतम, सारा सिरपाली , प्रितमराज सेञ्चुरी, रोहन शाही, कविर खड्का लगायतको मुख्य अभिनय रहने छ । प्रितमराज सेञ्चुरीले चलचित्र ‘गुञ्जन’ बाट डेब्यु गर्न लागेका हुन् ।