सुगम, तृष्णा र वर्षाको अनाथ बालबालिकाको सहयोगार्थ युरोपमा कन्सर्ट


सेलिब्रेटी नेपाल

काठमाण्डौ: सुन्दर र शान्त बाल कल्याणकारी संस्था (पिस एण्ड बिउटिउटिफुल चिल्ड्रेन वेलफेयर) ललितपुरले अनाथ बालबालिकाको सहयोगार्थ नेपाली साङ्गीतिक कार्यक्रम आयोजना गर्दै छ । ‘पिस एण्ड युनिटी अ म्युजिकल टुर २०१९’ नाम दिइएको उक्त साङ्गीतिक कार्यक्रम आगामी असोज २७ गते देखी २०७६ कार्तिक ७ गते सम्म युरोपको डेनमार्क, बेल्जियम र पोर्चुगलमा आयोजना हुनेछ ।

कार्यक्रममा गायक सुगम पोखरेल, गायिका तृष्णा गुरुङ र नायिका वर्षा रावत सहभागी हुँदै छन् । देशमा रहेका निमुखा तथा असहाय बालबालिकाहरूको आधारभूत आवश्यकता पुरा गरी उनीहरूको शिक्षा दिक्षामा सहयोग गरी भविष्यमा सक्षम नागरिक बनाउन सहयोग पुर्‍याउने उद्देश्यले संस्थाले उक्त कार्यक्रम आयोजना गर्न लागेको हो । साथै संस्थामा आबद्ध बालबालिकाहरूको उज्ज्वल भविष्यको लागी यस कार्यक्रमले निकै ठुलो योगदान पौर्याउने विश्वास आयोजना संस्थाले लिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.