दक्षीण कोरियामा ‘सोसिएल वेलफेयर एक्स्सिलेन्स अवार्ड’ हुने


सेलिब्रेटी नेपाल

काठमाडौँ: सामाजिक सेवामा समर्पित र समाजको लागि देन दिंदै आएका सामाजिक अभियन्ताहरुको सम्मानार्थ ‘सोसिएल वेलफेयर एक्स्सिलेन्स अवार्ड’ को आयोजना हुने भएको छ । अवार्ड १२ सेप्टेम्बरमा दक्षीण कोरियाको सिउलमा हुनेछ । क्लब फोर्टी इन्टरनेसनल तथा दोलखा समाज दक्षीण कोरियाको सहयोगार्थ उक्त अवार्ड हुन लागेको हो। यो किसिमको अवार्ड पहिलो पटक बिदेशमा हुन लागेको आयोजक टिमले जनाएको छ ।

सामाजिक कार्यमा आवद्द व्यक्तिहरुको आत्मबल तथा प्रोत्साहन अझै बढाउनको लागि यो अवार्डले मद्दत पुर्याउने छ। पहिलो संस्करणमा २० विधामा यो अवार्ड प्रदान गर्न लागिएको आयोजक संस्थाको अध्यक्ष बिभु न्यौपानेले जानकारी गराइन। संस्थाको आन्तरिक टिमले नै अवार्ड प्राप्त गर्ने व्यक्तिहरुको छनोट गर्नेछ। विभिन्न सामाजिक कार्यहरुमा सक्रिय रहेको संस्था क्लब फोर्टी इन्टरनेसनलले यो अवार्डबाट समाजमा रहेका सामाजिक अभियन्ताहरुको हौसला बृद्दी गर्ने र उनीहरुलाई अझै अघि बढ्न प्रोत्साहन हुने लक्ष्य लिएको छ । यो अवार्डलाइ बार्षिक रुपमा निरन्तर गर्दै जाने पनि आयोजकले जानकारी दिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.