‘मिशन मंगल’ ले बनायो अक्षय कुमारको नयाँ रेकर्ड


सेलिब्रेटी नेपाल

एजेन्सी: बलिवुडमा सार्वजनिक बिदाको दिन अगष्ट १५ मा रिलिज भएको मिशन मंगल अक्षयकुमारको अहिलेसम्मकै छिटो सय करोड क्लबमा पुग्ने फिल्म बनेको छ । फिल्मले रिलिजको पाँचौ दिन सोमबार ९ करोड ९१ लाख कलेक्सन गरेसँगै सय करोड क्लबमा पुगेको छ । फिल्मले अहिलेसम्म १०६ करोड ४७ लाख कलेक्सन गरेको छ ।

फिल्मले आइतबार २७ करोड ५४ लाख कलेक्सन गरेको थियो । त्यस्तै फिल्मले रिलिजको तीन दिनमा ७० करोड कलेक्सन गरेको थियो । यस अघि अक्षय कुमारको फिल्म २.० ले पनि ५ दिनमा सय करोड कलेक्सन गरेको थियो भने केसरीले ७ दिनमा सय करोड कलेक्सन गरेको थियो । त्यस्तै टवाइलेट एक प्रेम कथाले ८ दिनमा र रुस्तमले ९ दिनमा सय करोड कलेक्सन गरेको थियो ।

मिशन मंगलले रिलिजको पहिलो दिन २९ करोड १६ लाख कलेक्सन गर्दै अक्षयकुमारको क्यारियरकै पहिलो दिन धेरै कलेक्सन गर्ने फिल्म बनेको छ । अक्षयको यस अघि रिलिज फिल्म २१०८ मा गोल्डले २५ करोड २५ लाख कलेक्सन गरेको थियो भने २०१६ मा रिलिज भएको रुस्तमले १४ करोड ११ लाख र २०१७ मा रिलिज भएको टवाइलेट एक प्रेम कथाले पहिलो दिन १३ करोड १० लाख कलेक्सन गरेको थियो ।

मिशन मंगल विज्ञान विषयमा बनेको पहिलो फिल्म मानिएको छ । फिल्मलाई विश्लेषकहरुले राम्रो समिक्षा दिएका छन् । यस फिल्ममा अक्षयका अलावा विद्या बालन, सोनक्षी सिन्हा, तापसी पन्नु, कीर्ति कुल्हारी, नित्या मेनन, शरवन जोशी लगायतले अभिनय गरेका छन् । फिल्मलाई जगन शक्तिले निर्देशन गरेका हुन् भने फिल्मलाई होप प्रोडक्सन, फक्स स्टार स्टुडियो र केप अफ गुड फिल्म्सले निर्माण गरेका हुन् ।