रवि विरुद्ध प्रमाण किर्ते गर्नेहरुविरुद्ध रविकी श्रीमती निकिताले दिईन् उजुरी


सेलिब्रेटी नेपाल

काठमाडौँ: टेलिभिजनकर्मी रवि लामिछानेविरुद्ध आत्महत्या दुरुत्साहन अभियोगमा अनुसन्धान भइरहेको बेला उनकी श्रीमती निकिता पौडेल लामिछानेले रविविरुद्ध विद्युतीय प्रमाण किर्ते गरिएको आरोप लगाएकी छिन् । उनले यसरी किर्ते गर्नेहरुविरुद्ध महानगरीय प्रहरी परिसरमा उजुरी हालेकी छिन् ।

निकिताले दिएको उजुरीमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइराला विरुद्ध छ । पत्रकार पुडासैनी साउन २० गते नारायणगढ बसपार्कको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । उनलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा प्रहरीले गत बिहीबार रवि लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.