सन्नी लियोनी ‘पासवर्ड’प्रिमियरको लागि नेपाल आउँदै


सेलिब्रेटी नेपाल

काठमाडौँ: बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउँदैछिन् । नेपाली चलचित्र ‘पासवर्ड’को प्रमोसनको लागि उनी नेपाल आउन लागेकी हुन् । यो चलचित्रमा सन्नीले एउटा आइटम गीतमा डान्स गरेकी छिन् । यो चलचित्र यही भदौ २७ गते प्रदर्शनमा आउँदैछ । चलचित्रको प्रिमियर प्रदर्शनको तीन दिन अगाडि राजधानीमा हुँदैछ, जसका लागि भारतबाट अभिनेत्री सन्नी नेपाल आउने पक्का भएको छ ।

मंगलबार साँझ एक भिडियो सन्देशमार्फत् उनले आफू चलचित्रको प्रिमियरमा सहभागी हुन सेप्टेम्बर ११ मा नेपाल आउन लागेको जानकारी दिएकी छन् । उनी तीन दिन नेपाल बस्ने कार्यक्रम छ । सम्राट बस्नेत निर्देशित चलचित्रमा अनुपबिक्रम शाहि, बिक्रम जोशी (विक्की), बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रबिन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायतको मुख्य भूमिका रहेको छ । एक्सन थ्रिलर चलचित्रमा बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् ।