सेन्सरको झमेला देखाउंदै मन्जरी पछि हटीन


(सेलेब्रेटी नेपाल) ७ चैत्र-यहि आउँदो शुक्रबार रिलिज हुने भनिएको चलचित्र  ‘मञ्जरी’ रिलिज नहुने भयको छ । सेन्सरको झमेलाले गर्दा मञ्जरीको  रिलिजलाई करिब एक महिनाका लागि पोष्टपोण्ड गरेको निर्माण युनिटले जनाएको छ ।यो हप्ता मन्जरी सहित चार चलचित्र भिड्ने वाला थिय मन्जरी पछि हटे  पछि अब तिन चलचित्र मात्र भिड्ने भयका छन् । चलचित्रमा एक पात्रले पिसाब फेरेको सिनलाई सेन्सर बोर्डले काट्न आग्रह गर्दा आफूहरू सहमत नभएको भन्दै निर्माण पक्षले नै रिलिज रोकेका छन् ।
युवानिर्देशक पाण्डेले बुटवलको एक सत्यघटनालाई आधार मानेर गौरव पहारी र सुजाता कोईरालाको रोमाञ्चक प्रेमकथालाई ‘मञ्जरी’मा प्रस्तुत गरेका छन् ।  यो चलचित्रमा  टिका पहाडी, बिष्णु रिजाल, सरिता भण्डारी र कोपिला थापाको पनि मुख्य भुमिका रहेको छ । फिल्ममा कालिप्रसाद बाँस्कोटाको संगीत रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.