‘च चहुई’ मा आर्यन र मिरुनाको रोमान्टिक अवतार


सेलिब्रेटी नेपाल

काठमाडौँ: प्रदर्शनरत चलचित्र ‘हजार जुनीसम्म’मार्फत आर्यन सिग्देलले राम्रो प्रसंसा बटुलिरहेका छन् । चलचित्रमा उनि दुइ गेटअपमा छन् । उनको आफ्नो उमेर समुह र बुढ्यौलीको दुइअवतारमा प्रस्तुत छन् । विशेषगरि उनलाई प्रचारप्रसारको क्रममा बुढ्यौली अवतारमै प्रस्तुतगरिएको छ । यिनै आर्यनको आउँदो चलचित्र ‘च चहुई’ माचकलेटी अवतारमै देखिएका छन् । आउँदो मङ्सिर ६ गते प्रदर्शन हुने चलचित्रको केहि तस्वीर सार्वजनिक भएको छ ।

जसमा आर्यन संगै उनको कोस्टार मिरुना मगर र भोलाराज सापकोटा देखिएका छन् । चलचित्रमाआर्यन र मिरुनाको जोडी दर्शकले देख्न पाउनेछन । सार्वजानिक तस्वीरहरु ’सिल्की सिल्की बाल’बोलको गीत छायाँकनको हो । मुस्ताङ्गको चुसाङ्गमा छायाँकन गरिएको गीतको सार्वजनिक तस्वीरमा आर्यन र मिरुनाको केमेष्ट्री गज्जबकै देखिएको छ । झन्डै एक सातालगाएर छायाँकन गरिएको गीतको कोरियोग्राफीशिशिर खातीले गरेकाहुन् ।

तस्वीर हेर्दा गीत प्रति कौतुहलता जाग्नु स्वाभाविक नै हो । निर्माण पक्ष यस गीतलाई केहि दिनमै सार्वजनिकगर्ने तयारीमा रहेको छ । गीतमा राजनराज शिवाकोटी र मेलिना राईको स्वर रहेको छ भने यसलाई राजनले नै संगीत गरेकाहुन् । गीतमा राजन संगै अमृत घोले लामा र श्याम लामिछानेको शब्द रहेको छ । चलचित्र रम(कमअर्थात रोमान्टिक कमेडी जनरमा तयार भएको हो भने यसलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेकाहुन् । व्यवसायी घोले यसै चलचित्रमार्फत निर्माणमा आउँदैछन् ।

यसमाआर्यन र मिरुनासँगै भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ललगायतको पनि अभिनय छ । चलचित्रलाई साम्तेन भुटियाले निर्देशन तथा सम्पादन गरेकाहुन् भने यसमा सुशनप्रजापतिको छायाँकन रहेको छ । ‘च चहुई’ को पटकथा सिजनदाहाल र सन्देश अर्यालले लेखेकाहुन् । चलचित्रकागीतमा राजनराजशिवाकोटी , सुरज शाही ठकुरी र रोशनथापाको संगीत छ । चलचित्रमानिमालामाको मेकअप , रेनिशफागोको कलर करेक्सन , श्री श्रेष्ठको द्वन्द , शिशिर खातीको कोरियोग्राफी , सुजिल कर्माचार्यको ब्याकग्राउण्ड स्कोर रहेको छ ।