कलाकार तथा पत्रकार सम्मानित


सेलेब्रिटी नेपाल असोज २८-अन्तराष्ट्रिय नेपाली कलाकार समाजले आइतबार काठमाडौँमा नेपाली सिनेमा, पत्रकारिता र सांगीतिक क्षेत्रका विशिष्ट व्यत्तित्वहरुलाई सम्मान गरेको छ । एन.आर.एन. अध्यक्ष जिवा लामिछाने प्रमुख अतिथि रहेको उक्त सम्मान कार्यक्रममा बरिष्ठ कलाकारद्वय नीर शाह, भूवन चन्द, निर्देशक तथा गीतकार यादव खरेल, संगीतकर्मी हिरण्य भोजपुरे, र रंग पत्रकारद्वय भरत शाक्य र प्रकाश सुवेदीलाई सम्मान गरिएको छ ।त्यस्तै नृत्यङ्गना नागिनी जोशी र गायिका तीर्थकुमारी थापालाई पनि कार्यक्रममा सम्मान गरिएको छ । कलाकार र सञ्चारकर्मीलाई सम्मानसँगै उक्त कार्यक्रममा शनिबार कलाकार संघको कार्यसमितिमा निर्वाचित भएका सदस्यहरुलाई समेत टोकन अफ लभ प्रदान गरिएको छ ।
अन्तराष्ट्रिय नेपाली कलाकार संघका सल्लाहकार तथा निर्देशक सुरज सुब्ब ‘नाल्वो’ ले कलाको संरक्षण र प्रवद्र्धनका लागी उक्त सम्मान गरिएको बताए । कार्यक्रममा निर्माता समाजका संरक्षक तथा एसिया संयोजक नीता श्रेष्ठ सभापति, जर्मन एन.आर.एन अध्यक्ष पुष्प थापा विशेष अतिथी र निर्माता संघका अध्यक्ष राजकुरमार राई अतिथीको रुपमा थिए ।
फोटो मेरो सिनेमा बाट