बनेपामा ‘लाइभ इन कन्सर्ट विथ फेशन शो’


सेलिब्रेटी नेपाल

काठमाडौँ: एल एन एण्ड एजेन्सीले आगामी भाद्र ७ गते बनेपामा लाइभ इन कन्सर्ट विथ फेशन शो गर्ने भएको छ । काभ्रे जिल्लामा लुकेर रहेका प्रतिभा हरुलाई उजागर गर्ने उदेश्यले आयोजना गर्न लागिएको उक्त कार्यक्रमको लागि अडिसन सम्पन भइसकेको छ । उक्त अडिसनबाट ३४ जना फाइनल प्रतिस्पर्धाको लागि छानिएका छन् १४ देखि ३० वर्ष उमेर समुहका भाग लिएको अडिसनबाट छानिएका प्रतियोगीहरुलाइ आयोजकले विभिन्न तालिम हरु दिई रहेको छ ।

दुइ हप्ता सम्मको विभिन्न तालिम पश्चात प्रतियोगी हरुले भाद्र ७ गते हुने अन्तिम प्रतिस्पर्धामा आफ्नो प्रतिभा प्रस्तुत गर्नेछन् । उत्कृस्ट हुने प्रतियोगीले विभिन्न पुरस्कारहरु प्राप्त गर्नेछन। काठमाडौँ,जनकपुर,बर्दिबास, मिर्चैया तथा लाहानमा विभिन्न फेशन शोहरु गरि सकेको संस्थाले पहिलो पटक काभ्रेमा यस्तो कार्यक्रमको आयोजना गर्न लागेको हो ।